भैंसी चराउन गएको एक युवकको चट्याङ लागेर मृत्यु

Posted on: 29 Jul, 2023

साउन १३, सर्लाही | सर्लाहीको बलरामा  भैंसी चराउन गएका स्थानीय एक युवकको चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट एउटा भैंसीसमेत मरेको छ ।

मृत्यु हुनेमा बलरा नगरपालिका–१ हथियौलका ४५ वर्षीय अर्जुन पटेल रहेको प्रहरीले जनाएको छ ।

सिमसिमे पानी परिरहेका बेला खेतमा भैंसी चराउन गएका पटेललाई चट्याङ लाग्दा घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । साथै चट्याङले भैंसीसमेत मरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!