पत्रकार गोकर्ण दयालमाथि आक्रमण, माओवादी कार्यकर्ता प्रहरी हिरासतमा

Posted on: 01 Oct, 2016


नरी बडु | असोज १५, बैतडी | नेपाल पत्रकार महासंघ साखा बैतडीका उपाध्यक्ष एवम् गोरखापत्र दैनिककका बैतडी संम्वादाता गोकर्ण दयालमाथि माओवादी कार्यकर्ताले शुक्रबार साँझ आक्रमण गरेका छन् ।

आक्रमणमा परि पत्रकार दयाल घाईते भएका छन् । घाईते दयालको जिल्ला अस्पताल बैतडीमा सोहि दिन उपचार गरिएको छ । उनको मुख, छाती र ठाउकोमा सामान्य छोट छ । 

जिल्लाको गोठलापानी बजारमा खाजा खाईरहेको बेला माओबादी केन्द्रका कार्यकर्ता नवराज भट्ट (कुसुम) ले दयालमाथि आक्रमण गरेका हुन् ।

पार्टिले मिडियाको क्षेत्रमा छुट्याएको बजेट सम्बन्धि कुरा गर्दा आफुमाथि आक्रमण भएको पत्रकार दयालले बताए । तर माओबादी केन्द्रका कार्यकर्ता कुसुमले भने आपसि विवादमा झडप भएको बताएका छन् । 

आक्रमण गर्ने कुसुमलाई हिजो राति नै प्रहरीले १४ गतेनै राती पक्राउ गरी हिरासतमा राखेको र घटना बारे थम अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि बाल नरसिह राणाले बताए ।

माथिको तश्विरमा: आक्रमणमा परि घाईते पत्रकार गोकर्ण दयालको जिल्ला अस्पताल बैतडीमा उपचार हुँदै | तस्बिरः नरी बडु/सास/बैतडी 

यस बिषयमा तपाइको प्रतिक्रिया...!