रुपन्देहीमा ११ वर्षीया नाबालिग बलात्कृत गरेको अभियोगमा एक युवक पक्राउ

Posted on: 09 Jul, 2023

असार २४, रुपन्देही । रुपन्देहीमा ११ वर्षीया नाबालिग बलात्कृत भएका छन् । रुपन्देहीमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुटवल उपमहानगरपालिका-११ बिनापाते बस्ने २१ वर्षीय सुनिल परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई परियारले बालिकाकै घरमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!