गौतमबुद्ध विमानस्थलमा समानान्तर ट्याक्सी-वे बनाउन ४ अर्बको ठेक्का

Posted on: 03 Jul, 2023

असार १८, काठमाडौँ | भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समानान्तर ट्याक्सी-वेसहितका संरचना निर्माण गर्न नयाँ ठेक्का लागेको छ । निर्माण सकिएर सञ्चालनमा आएको एक वर्षपछि थप निर्माण कार्यका लागि ठेक्का आह्वान भएको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले यो कामको ठेक्का आशिष-क्षमादेवी-बुद्ध हिमाली जेभीलाई दिने गरी बोलपत्र स्वीकृत भएको छ । प्राधिकरणका अनुसार यो ठेक्का कुल लागत ३ अर्ब ९९ करोड ४९ लाख ९३ हजार ७१० रुपैयाँमा लागेको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ धावनमार्ग बनेसँगै अहिले उडान त्यहीँबाट भइरहेको छ । यस विमानस्थलको पुराना धावनमार्गलाई पुनर्स्थापित गरी नयाँ धावनमार्गसँग जोड्दै समानान्तर ट्याक्सी वे, एप्रोनसहितका संरचना बनाउने प्राधिकरणको योजना छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!