११ वर्षीया बालिका बलात्कारको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

Posted on: 02 Jul, 2023

असार १७, रुपन्देही | बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा रुपन्देहीको शुद्धोधन गाउँपालिका ५ मानपकडीका ६० वर्षीय शिव भारती रहेका छन् । 

चकलेट खान दिने भनेर घरमा बोलाएका भारतीले ११ वर्षीया बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनले शुक्रवार दिउँसो साढे ४ बजेको समयमा बालिकामाथि बलात्कार गरेको खुलेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!