घरको छतबाट लडेर एक जनाको मृत्यु

Posted on: 29 Jun, 2023

असार १४, काठमाडौँ | कञ्चनपुरमा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ। 

भीमदत्त नगरपालिका–२ उल्टाखामका ६७ वर्षीय देवीलाल शाहको बुधबार राति १: ४५ बजेको समयमा घरको छतबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको हो। 

शुक्लाफाँटा नगरपालिका–१० मा भतिजा नाता पर्ने दानबहादुर शाहको घरमा छतमा सुत्नलाई देवीलाल गएका थिए।

सुत्नलाई छतमा जानेक्रममा  देवीलाल खसेर घाइते भएको प्रहरीले जनाएको छ।

छतबाट खसेर घाइते भएका उनको उपचारको लागि महाकाली प्रादेशिक अस्पतालमा पुर्याइएको थियो। तर, डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जनाइएको छ।  

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!