सार्वजनिक यातायातको भाडा घट्यो, कहाँ कति ? (सूचीसहित)

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | अन्तर प्रदेश सार्वजनिक यातायातको भाडादर समायोजन भएको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँले मूल्य घटेलगत्तै यातायात व्यवस्था विभागले यात्रुबाहक र मालबाहक गाडीको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

इन्धनको मूल्यका आधारमा स्वचालित रूपमा भाडादर समायोजन भएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागले इन्धनको मूल्य ५ प्रतिशत बढेमा वा घटेमा भाडा समायोजन गर्दै आएको छ ।

विभागका अनुसार यात्रुवाहक सवारीमा ३ दशमलव २० घटेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४ दशमलव १९ र तराईका मालवाहकमा ४ दशमलव ६५ प्रतिशत भाडा घटाइएको हो ।

कहाँ कति भाडा ? सूची


यस बिषयमा तपाइको प्रतिक्रिया...!