प्राविमा स्थायी शिक्षकका लागि १ लाख १२ हजारको आवेदन

Posted on: 04 May, 2023

बैशाख २१, काठमाडौँ | प्राथमिक तहको स्थायी शिक्षकका लागि खोलिएको विज्ञापनमा १ लाख १२ हजार भन्दा बढीको आवेदन परेको छ । शिक्षक सेवा आयोगले गत ९ चैतमा विज्ञापन आह्वान गरेको थियो । 

खुला प्रतियोगितात्मक परीक्षामा सहभागी हुनका लागि १ लाख १२ हजार ८५ जनाले आवेदन दिएको आयोगले जनाएको छ ।  

आगामी जेठ २० गते विषयगत सामान्य परीक्षा हुँदैछ । उक्त परीक्षामा सहभागी हुनका लागि अनलाइनबाटै प्रवेशपत्र प्रिन्ट गर्नुपर्ने आयोगले जनाएको छ ।  

प्रवेशपत्रको प्रतिलिपि दिने व्यवस्था नभएकोले प्रवेशपत्र सुरक्षित साथ राख्न भनेको छ । परीक्षामा सहभागी हुन आउँदा प्रवेशपत्रसहित आधिकारिक निकायबाट जारी भएका परिचय खुल्ने प्रमाणपत्र जस्तैः नागरिकता वा अध्यापन अनुमतिपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी अनिवार्य रुपमा साथमा ल्याउनुपर्नेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!