पाल्पामा बस दुर्घटना: १ महिलाको शव फेला, थप विवरण आउन बाँकी

Posted on: 23 Apr, 2023

बैशाख १०, पाल्पा | पाल्पाको तिनाउँ गाउँपालिका- ५ जोरधारमा बस दुर्घटना भएको छ। बुटवलबाट गुल्मीतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा १ महिलाको शव फेला भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

दुर्घटनामा परी ११ जना घाइते भएका छन् | घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज पठाएको प्रहरी थापाले बताए।  दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ  |

यस बिषयमा तपाइको प्रतिक्रिया...!