दुई पटकसम्म सुनुवाइ हुन नसकेको बालेनविरुद्धको मुद्दा आज राउतको इजलासमा

Posted on: 21 Apr, 2023

वैशाख ८, काठमाडौं | काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्धको मुद्दा न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासमा सुनुवाइ भइरहेको छ।  यसअघि दुई पटकसम्म सुनुवाइका लागि पेशी तोकिएपनि सुुनुवाइ हुन नसकेको मुद्दा शुक्रबार भने राउतको इजलासमा सुनुवाइ भइरहेको हो। 

बुधबार  सर्वोच्च अदालतकी न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाई तोकिएपनि बेन्च बस्न नभ्याएको सर्वोच्च अदालतले जनाएको छ ।

त्यसअघि मंगलबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा पेशी तोकिएपनि मुद्दा हेर्न नभ्याइनेमा परेको थियो । 

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर साहविरुद्ध सर्वोच्च अदालतमा रिट परेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!