मिटरब्याज लगाउनेलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on: 28 Mar, 2023

चैत १४, काठमाडौँ | सरकारले मिटरब्याज लगाउनेलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने  निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले समस्या समाधानका लागि मुलुकी अपराध संहिता संहितालगायतका कानुन संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई अपराध मानिने व्यवस्था गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस संयोजक मनहरि तिमिल्सिनाले भने, ‘आजको मन्त्रिपरिषद बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ।’

मन्त्रिपरिषदको निर्णय अनुसार अपराध संहिताको लेनदेन सम्बन्धी व्यवाहार खण्डमा थप व्यवस्था हुनेछ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!