एभरेष्ट बैंकले कर्मचारी माग गर्‍यो,भदौ ३१ गतेसम्म आवेदन दिनुपर्ने

Posted on: 02 Sep, 2022

भदौ १७, काठमाडौँ | एभरेष्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै चार्टर्ड अकाउन्टेन्ट (अफिसर) मा कर्मचारी माग गरेको हो ।

सो पदका लागि बैंकले मान्यता प्राप्त शिक्षण संस्थाबाट चार्टर्ड अकाउन्टेन्ट पढेको हुनुपर्ने जनाएको छ । योग्यता पुगेका इच्छुक ब्यक्तिले भदौ ३१ गतेसम्म बैंकको वेबसाइट  https://everestbankltd.com/careers/ मार्फत दरखास्त दिन सक्नेछन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!