काठमाडौँ महानगरले गर्यो सातौँ र आठौँ तहका लागि दरखास्त आह्वान

Posted on: 13 Feb, 2024

फागुन १, काठमाडौँ | काठमाडौँ महानगरपालिकाले फुड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदका लागि आवेदन मागेको छ । 

मङ्गलवार(आज) एक सूचना जारी गर्दै महानगरले सातौँ र आठौँ तहमा करारमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । 

दरखास्त सात दिनभित्र पेस गर्नुपर्ने महानगरले जनाएको छ ।  मूल्याङ्कन परीक्षा फागुन १२ र अन्तरवार्ता फागुन १३ गते हुने सूचनामा उल्लेख छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!