साउदी अरबको अस्पतालमा २०० नेपाली नर्सलाई रोजगारीको अवसर

Posted on: 19 May, 2023

जेठ ५, काठमाडौँ |  साउदी अरबस्थित डा.सुलिमान अल हबिब हस्पिटलले २ सय नेपाली नर्सको माग गरेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन भएका नर्सले यसमा आवेदन दिन सक्नेछन् । 

जसका लागि नेपालबाट मनास्लु इन्टरनेश्नल सर्भिसले काम गरिरहेको छ । ‘नेपालबाट बिना लगानी नर्सहरू साउदी जान सक्नेछन्,’ मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले भने, ‘नेपाली नर्सको विश्वसनियता र क्षमताले गर्दा यति ठूलो संख्यामा माग आएको हो ।’ 

मनास्लु इन्टरनेश्नल सर्भिसका अनुसार साउदी अरब जान चाहने २१ वर्षदेखि ४० वर्ष उमेर समूहका नर्सहरुले यसका लागि आवेदन दिन सक्नेछन् । जेठ ७ गतेदेखि ११ गते सम्म मनास्लु इन्टरनेश्नल सर्भिसमा पिसिएल, बिएस्सी, बिएन, बिएनस अध्ययन पूरा गरेका, एकेडेमिक सर्टिफिकेट र नर्सिङ लाइसेन्स भएका नर्सले आवेदन दिन सक्नेछन् । साउदी अरब सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । तर, यसपटक नयाँलाई अवसर प्रदान गर्न खोजिएको जनाइएको छ । 

यस सम्बन्धि थप जानकारी मनास्लु इन्टरनेश्नल सर्भिस (फेसबुक पेज वा सम्पर्क नम्बर ०१४५२५०८१) मा सम्पर्क गर्न सकिने जनाइएको छ । 

सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका विभिन्न अस्पतालमा कार्यरत रहेका छन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!