परराष्ट्रमन्त्री र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता

Posted on: 30 Jan, 2023

माघ १६, काठमाडौँ | परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच आज भेटवार्ता भएको छ । 

मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ । 

द्विपक्षीय  भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!