गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने

Posted on: 28 Jan, 2023

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्ने भएका छन् । शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने गरी तोकेकी हुन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार रवि लामिछानेको नागरिकता विवादका कारण सांसद बन्‍न अयोग्य ठहर गरेको थियो । उक्त फैसलापछि लामिछानेले पदबाट राजीनामा दिएका थिए |

रवि लामिछानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । तत्कालका लागि प्रधानमन्त्री आफैँले सो जिम्मेवारी सम्हाल्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!