सुनसरी–४ मा ज्ञानेन्द्र कार्कीलाई ३९९ मतको अग्रता, पछ्याउँदै एमालेका कुसियैत

Posted on: 30 Nov, 2022

मङ्सिर १४, सुनसरी | तीन दिनदेखि स्थगित मतगणना मंगलबारबाट सुचारु भएपछि सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । 

हालसम्म भएको २८ वडाको मतगणना हुँदा उनले ३९९ मतले अग्रता कायम गरेका हुन् । कार्कीले अहिलेसम्म २६ हजार ७६० मत पाएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले २६ हजार ३६१ मतसहित पछ्याइरहेका छन् ।

 

मतगणनामा कर्मचारीले त्रुटी गरेको भन्दै आइतबार मन्त्री कार्कीले निर्वाचन अधिकृतको कार्यालयको निवेदनमा पुनः मतगणनाको माग गरेका थिए ।

त्यसपछि निवेदन निर्वाचन आयोगलाई पठाएकोमा त्यसमा कारबाही गर्दै मतगणना प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!