वीरगञ्जमा महानगरमा गठबन्धन विजयी, मेयरमा राजेशमान र उपमेयरमा आलम निर्वाचित

Posted on: 24 May, 2022

जेठ १०, वीरगञ्ज | वीरगञ्ज महानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले जित हासिल गरेका छन् ।

मंगलबार बिहान आएको अन्तिम नतिजा अनुसार मेयरमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।

राजेशमानले नेकपा एमालेका उम्मेदवार विजय सरावगीलाई २२ हजार ५५५ मत बढी मतान्तरले जित हासिल गरेका हुन् । जसअनुसार राजेशमानले ४६ हजार २१५ मत प्राप्त गरेका छन् भने विजयले २३ हजार ६७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी उपमेयरमा निर्वाचित आलमले ३० हजार ७८ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार पुरुषोतमलाल झाले ९ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!