कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण

Posted on: 22 May, 2022

जेठ ८, हेटौंडा | मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवन हस्तान्तरण गरिएको छ । रविना/अविषा जेभी निर्माण कम्पनीले गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानलाई भवनको साँचो हस्तान्तरण गरेका हुन् ।

२०७७ साल असार ७ गते निर्माण सम्झौता भई भवन निर्माणको काम सुरु भएको थियो । १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न नभएपछि म्याद थप गरेको थियो । सोमबारदेखि नयाँ प्रशासनिक भवनबाट पूर्ण रूपमा सेवा प्रवाह हुने अध्यक्ष मुक्तानले बताए । ३ करोड १८ लाख ४२ हजार रुपैयाँमा सम्झौता भएको दुई तले भवनमा २६ वटा कोठा रहेको छ ।

२०७७ साल जेठ १५ गते आगलागीका कारण गाउँपालिकाको प्रिफ्यावको १८ कोठे पुरानो भवन नष्ट भएको थियो । त्यसपछि कालिकाटार मै रहेको भवानी माध्यमिक विद्यालयको भवनबाट गाउँपालिकाले सेवा सञ्चालन गरिरहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!