काठमाडौँको मेयरमा बालेन शाहको अग्रता कायमै, स्थापितसंग १० हजार १ सय ९ को मतान्तर

Posted on: 19 May, 2022

जेठ ५, काठमाडौँ । काठमाडौं महानगरमा जारी मतगणनामा मेयर पदका लागि स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन्  । बिहीबार बिहानसम्म ५५ हजार मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले २१ हजार ३ सय २४ मत ल्याएका छन् |

उनले सुरुवातदेखिको अग्रता कायमै राखेका छन् । उनका निटकतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ११ हजार २ सय १६ मत प्राप्त गरेका छन् । उनी र शाहबीचको मतान्तर १० हजार १ सय ९ रहेको छ । त्यस्तै नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १० हजार ३ सय ६२ मत ल्याएकी छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!