भरतपुरमा विजय सुवेदीको अग्रता कायमै, रेनु दाहाल ५४ मतले पछि

Posted on: 16 May, 2022

जेठ २, भरतपुर । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले  मतान्तर बढाएका छन् । उनले माओवादीकी रेनु दाहाललाई  ५४ मतले पछि पारेका हुन् । १४ हजार ०३० मत गन्दासम्म सुवेदी ४ हजार ७ सय ५७ मत पाएका छन भने नेकपा माओवादीका उम्मेदवार दाहालले ४ हजार ७ सय ३ मत  प्राप्त गरेकी छन् ।

त्यस्तै प्रमुख मै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल २ हजार १ सय ३१ मत पाएर तेस्रो स्थानमा छन् ।

यस्तै, उपमेयरमा नेपाली काँग्रेसका चित्रसेन अधिकारीले ५ हजार ५ सय ९५ मतसहित अग्रता लिएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङको ३ हजार ७ सय ८९ मत छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!