काठमाडौं महानगरको मत अपडेट : बालेन शाहले फराकिलो मतान्तर बढाउदै

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ | काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता फराकिलो मतले बढाउदै लगेका छन् । पछिल्लो समय सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले ७ हजार ८९ मत ल्याएर अग्रस्थानमा छन् । 

उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले ३ हजार ७ सय ४६ मत ल्याएका छन् । त्यस्तै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय मत प्राप्त गरेकी छन् ।

त्यस्तै उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६ हजार ३ सय ४६ मत ल्याएर अग्रता बनाइरहेका छन् । 

भने एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १ हजार ७ सय ८४ मत पल्याएका छन् । पाँच दलीय गठबन्धनको तर्फबाट श्रेष्ठले उम्मेदवारी दिएका थिए । 

यस्तै, काठमाडौं महानगरको उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनिता मगैयाले १ हजार ३ सय ४५ मत प्राप्त गरेकी छन् |

यस बिषयमा तपाइको प्रतिक्रिया...!