स्थानीय तह निर्वाचनमा लमजुङमा दुई हजार सुरक्षाकर्मी खटाइयो

Posted on: 07 May, 2022

वैशाख २४, लमजुङ | स्थानीय तह निर्वाचनका लागी लमजुङमा २ हजार ४ सय ७२ जना सुरक्षाकर्मी खटाइएको छ । निर्वाचन कार्यालय लमजुङका अनुसार नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी म्यादी प्रहरी गरी लमजुङमा २ हजार ४ सय ७२ सुरक्षाकर्मी  परिचालन हुनेछन् । कर्मचारी र सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जनशक्ति परिचालन हुने भएको हो ।

८ सय ९५ कर्मचारी र दुई हजार चार सय ७२ सुरक्षाकर्मी गरी तीन हजार तीन सय ६७ जना जनशक्ति निर्वाचनमा खटिने भएका हुन् । एउटा मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, अन्य तीन जना कर्मचारी र तीन जना स्वयंसेवक परिचालन हुने निर्वाचन कार्यालय लमजुङका निर्वाचन अधिकारी सिर्जना मिश्रले बताए । 

निर्वाचनका लागि निजामती कर्मचारी, शिक्षकहरू परिचालन हुँदै छन् । निर्वाचन सुरक्षा कार्ययोजना बनाएर निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरेर सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!