प्रदेश २ मा कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान आज

Posted on: 22 Dec, 2021

पुस ७, काठमाडौँ | नेपाली कांग्रेस प्रदेश नंम्बर २ को नयाँ नेतृत्वका लागि आज मतदान हुँदैछ। आज दिउँसो १ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकिएको छ। अधिवेशन अन्तर्गत कांग्रेसको विधान अनुसार ८ पदाधिकारीसहित ७२ सदस्यीय प्रदेश कमिटी बन्नेछ। जसका लागि १८० जनाको उम्मेदवारी परेको छ।

प्रदेश सभापतिमा कृष्णाप्रसाद यादव र रामसरोज यादवबीच प्रतिपर्धा हुने भएको छ। शेरबहादुर देउवा पक्षबाट कृष्णालाई र विमलेन्द्र निधि–शेखर कोइराला समूहबाट रामसरोजले उमेदवारी दर्ता गराएका हुन्।

दुईजना उपसभापतिका लागि पाँच जनाको उम्मेदवारी परेको छ। देउवा समूहबाट वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर कुमार यादव तथा निधी–कोइराला समूहबाट धनलाल ठोकर र बिनोदकुमार खनालले उमेदवारी दिएका छन्। रामाधारप्रसाद यादवले भने स्वतन्त्र रुपमा उपसभापतिमा उम्मेदवारी दिए। २ जना महामन्त्रीका लागि पनि ५ जनाको उमेदवारी परेको छ। ३ सहमहामन्त्रीका लागि ११ जनाले उमेदवारी दिएका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!