माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा गर्ने एमाले स्थायी कमिटीको निर्णय

Posted on: 13 May, 2021

वैशाख ३०, काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी बैठकले बरिष्ठ नेता माधव नेपालसहित चार नेतामाथि गरेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको स्थायी समिति सदस्य सुवास नेम्वाङले जानकारी दिए । 

त्यस्तै, आजको बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!