माघ २८, काठमाडौं– नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् ।
पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेका हुन् ।
काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट नेविसंघमा तदर्थ समिति गठन गर्ने काँग्रेसको तयारी छ । तर, अहिले महरले राजीनामा नदिएकाले बैठकले ठोस रुपमा निर्णय लिन सकेको छैन ।
महरले आजै पार्टी सभापतिलाई केन्द्रीय समितिको बैठककै बीच राजीनामा बुझाउन लागेका छन् ।
यसैबीच महरले नेविसंघको केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँगको छलफलपछि के गर्ने भन्नेमा निर्णयमा पुगिने जानकारी दिए ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!