प्रतिनिधिसभाका लागि बैतडीबाट भट्ट र भण्डारी सिफारिस

Posted on: 05 Oct, 2017

नरी बडु/असोज १९, बैतडी । नेकपा एमाले जिल्ला कमिटी बैतडीले आगामि मंसिरमा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि पुर्व जिल्ला विकास समिती सभापति प्रमानन्द भट्ट र पुर्व अर्थ राज्यमन्त्रि दामोदर भण्डारीलाई सिफारिस गरेको छ ।


पार्टी कार्यालय मालिकाडाँडा, बैतडीमा बिहिबार बसेको जिल्ला कमिटीको बैठले भट्ट र भण्डारी लगायत महिलाबाट पदमा खत्रीलाई पनि प्रतिनिधिसभाका लागि रिफारिस गरेको छ । 

प्रतिनिधिसभाको समानुपातिकका लागि पुर्व सांसद पुरनसिह दयाल, माया भट्ट र जयानन्द जोशीलाई सिफारिस गरेको छ ।

यस्तै प्रदेशको लागि क्षेत्र नं. १ का लागि पार्टी जिल्ला अध्यक्ष सुरेन्द्र पाललाई सर्वसम्मत रुपमा सिफारिस गरेको छ । प्रदेशको क्षेत्र नं. २ बाट भने लिलाधर भट्ट, माहादेव भट्ट र शुसीला सिंहलाई सिफारिस गरीएको छ । 

यस्तै क्षेत्र नं. २ को समानुपातीकमा  जानकी अवस्थी, धाना धामी, प्रेम लोहार, लालसिंह काकीं, राजुराम भुल, पार्वती भट्ट, केशव पन्त र चन्द्रावती लोहार सिफारिस गरेको एमाले पार्टी कार्यालय, मालिकाडाँडाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!