बैतडीको पाटन नगरपालिकामा कांग्रेस बिजयी

Posted on: 02 Jul, 2017

असार १८, बैतडी । बैतडीको पाटन नगरपालिकामा नेपाली कांग्रेस बिजयी भएको छ ।

नगरपालिकाको मेयरमा केसब बहादुर चन्द ४ हजार ८ सय ३३ मतका साथ विजयी भएका छन् । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका नरेस विकले ३ हजार ३ सय ८२ मत प्राप्त गरेका थिए । यस्तै उपमेयरमा पनि नेपाली काग्रेसका सरस्वती कोली ३ हजार ६ सय ९५ मत ल्याई विजयी हुनुभएको छ उहाँका प्रतिद्वन्दी नेकपा एमालेका दुरा भट्टराईले ३ हजार ४ सय ५६ मत पाउनुभएको छ । 

बैतडीको डिलाशैनी गाँउपालिकामा नेकपा एमालेका उकेन्द्र बोहरा २ हजार ६ सय ६३ मत ल्याई विजयी हुनुभएको छ । 

उहाँका प्रतिद्वन्दी नेपाली काग्रेसका कर्ण बहादुर रानाले २ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका पार्वती राना २ हजार ६ सय ९६ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली काग्रेसका जानकी कार्कीले २ हजार २ सय ८२ मत प्राप्त गर्नुभएको छ । 

बैतडीको दोगडाकेदार गाँउपालिकामा नेकपा एमालेका चक्र कार्की ३ हजार १ सय ४९ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादीका तारासिह कुवरले २ हजार ७ सय ९१ मत पाउनुभएको थियो । 

यस्तै उपाध्यक्षमा पनि नेकपा एमालेका पार्वती कार्की ३ हजार २ सय १७ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा माओवादीका लक्ष्मी ओडले २ हजार २ सय ९६ मत प्राप्त गर्नुभएको थियो ।  

बैतडीको सिगास गाँउपालिकामा नेपाली काग्रेसका हरिसिह धामी २ हजार ३ सय ३२ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी राप्रपाका रामसिह साउदले १ हजार ४ सय ७३ मत प्राप्त गर्नुभएको थियो । 

यस्तै उपाध्यक्षमा पनि नेपाली काग्रेसका द्रोपती चन्द १ हजार ८ सय ५५ मतका साथ विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेकपा एमालेका भृकुटी चन्दले १ हजार ४ सय ५५ मत प्राप्त गर्नु भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!