गुल्मीमा काँग्रेसको विजयी शुरुवात

Posted on: 30 Jun, 2017

प्रेम सुनार/असार १६, गुल्मी । गुल्मी दरबार गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । 

गाउँपालिका प्रमुखमा नेपाली काँग्रेसका अशोक थापा र उप प्रमुखमा मिना भण्डारी विजयी भएका हुन् । गुल्मीका १२ स्थानीय तहमध्ये मतगणना सकिएको यो पहिलो गाउँपालिका हो ।

थापाले ५ हजार ५ सय ७५ मत ल्याए भने भण्डारीले ५ हजार ६ सय ८ मत ल्याएर विजयी भईन् ।  प्रमुख पदमा नेकपा एमालेका कृष्ण बहादुर भुसालले ४ हजार ७ सय ५० मत ल्याए भने उपप्रमुखकी उम्मेदवार शुशिला पुन ले ४ हजार ७ सय १८ मत ल्याए । 

७ वटा वार्ड रहेको गुल्मी दरबारमा वडा नं. १, २ र ४ मा एमाले र ३,५,६,७ मा नेपाली काँग्रेसका वडा अध्यक्ष विजयी भएका छन् । 






यस बिषयमा तपाइको प्रतिक्रिया...!