बैतडीको पञ्चेश्वर गाँउपालिकामा एमाले विजयी

Posted on: 30 Jun, 2017

नरी बडु/असार १६, बैतडी । बैतडी जिल्लाको पञ्चेश्वर गाँउपालिकामा नेकपा एमालेका गोरख बहादुर चन्द विजयी भएका छन् । 

नेपाली कागे्रसका दिनेस बहादुर चन्दलाई ८ सय ८० मतले पछि पार्दै चन्द विजयी भएका हुन् । चन्दले दुई हजार ६ सय ८ मत प्राप्त गरेका थिए भने उहाँ निकटतम प्रतिद्वन्दी दिनेस बहादुर चन्दले १ हाजर ७ सय १८ मत प्राप्त गरेका थिए । गाँउपालिकाको उपाध्यक्षमा पनि नेकपा एमालेकै विना भट्ट विजयी भएका छन् । 

उनि नेपाली काग्रेसकी विन्दु चन्दलाई ५ सय ५० मतले पछि पार्दै विजयी भएका हुन् । एमालेका विना भट्टले २ हजार ४ सय २४ मत प्राप्त गरेका थिए भने काग्रेसका विन्दु चन्दले १ हजार ८ सय ७४ मत प्राप्त गरेका थिए । 

उक्त गाँउपालिकाको ३ वडाहरुमा नेकपा एमाले, २ मा नेपाली काग्रेस र १ मा राप्रपा विजयी भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विजयी चन्द शिक्षक पेसाबाट राजिनामा दिएर गाँउपालिकाको अध्यक्ष बनेका हुन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!