दाङको राप्ती गाउँपालिकामा मतगणना जारी, माओवादीको सुरुवाती अग्रता

Posted on: 29 Jun, 2017

असार १५, दाङ । स्थानीय तह निर्वाचन अन्तर्गत दाङका गाउँपालिकाहरुमा मतगणना जारी छ । राप्ती, राजपुर, बबई र दंगीशरण गाउँपालिका मतगणना भइरहेको छ । दाङको सबैभन्दा धेरै मतदाता भएको राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ ।

आदर्श मावि लालमटियाको नयाँ भवनमा वडा नम्बर ९ बाट मतगणना सुरु गरिएको छ । २२५ मतगणता सकिँदा वडा अध्यक्ष पदमा माओवादी केन्द्रले ८९ मत पाएको छ । कांग्रेसको ७५ र एमालेको २६ मत छ । राप्रपाका उम्मेदवारले २ मत पाएका छन् ।

यसैगरी उपाध्यक्ष पदमा माओवादी केन्द्रको ९०, कांग्रेसको ७३, एमालेको २७ र राप्रपाको २ मत परेको मुख्य निर्वाचन अधिकृत लालमणि ओझाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!