बैतडीमा निर्वाचनको तयारी र सुरक्षा अवस्थाको अनुगमन

Posted on: 25 Jun, 2017

नरी बडु | असार ११, बैतडी । बैतडीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र निर्वाचन आयोगबाट सुपरिवेक्षणका लागि खटिएका सहसचिव रामप्रसाद थपलिया लगायतको एक टोलिले आज जिल्लाको निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाको बारेमा अनुगमन गरेका छन् ।

भारत संग नाका जोडिएको जिल्लाको दुर्गम क्षेत्रमा पर्ने पञ्चेश्वर गाँएपालिकाको आईतबार अनुगमन गरिएको  प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले बताउनुभयो ।

अनुगमनका क्रममा त्यस क्षेत्रको समग्र निर्वाचनको अवस्था सन्तोसजनक रहेको पाईएको छ । प्रजिअ पौडेलका अनुसार पञ्चेश्वरका सबै ठाँउको सुरक्षा अवस्था बुझिएको छ । जिल्लाको समग्र सुरक्षा अवस्था समान्य भएपनि सिमा सिमा जोडिएको यस जिल्लामा स्वच्छ निर्वाचनलाई असर पर्ने कुनै किसमका क्रियाकलाप हुन नदिने उद्देश्यले सुरक्षा अवस्था मज्वुद पारिएको पौडेलको भनाई छ । भयरहित बातावारणमा ढुक्क भएर निर्वाचनमा सहभागि हुन उहाँले सबै मतदाताहरुलाई अनुरोध समेत गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!