कांग्रेस पुर्व सभापतिनै नेकपा एमालेलाई जिताउने अभियानमा लागेपछि...

Posted on: 25 Jun, 2017


असार ११, बैतडी | नेपाली कांग्रेस बैतडीका पुर्व सभापति नरेन्द्र बिष्ट नेकपा एमालेको प्रचार -प्रसारमा खटिनु भएको छ । बिगतमा २ कार्यकाल नेपाली कांग्रेस बैतडीको सभापति बन्नु भएका बिष्ट अहिले आफ्नो पाटन नगरपालिकामा कांग्रेसले योग्य उमेदवार नतोकेको भन्दै एमालेको प्रचारमा हिडेका हुन् । 

बिष्ट अहिले एमालेबाट पाटन नगरपालिकामा मेयरका उमेदवार नरेश कुमार बिश्वकर्मा तथा उप मेयरका उमेदवार दुरा भट्टराईको प्रचारमा खटिनुभएको छ । एमालेले पाटन नगरपालिकामा चुनावी प्रचार प्रसारलाई तिब्रता दिएसगैँ आफुँ एमालेको प्रचारमा लागेको बिष्ट बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “एमालेले दलित तथा गरिब जनताको छोरा चुनावी मैदानमा उतार्यो तर कांग्रेसले त्यस्तो गरेन् । 

मलाई कांग्रेसको प्रचार-प्रसार गर्न मन लागेको छैन । राजनिति भनेको समाजको सेवा गर्ने हो, स्थानिय तहको चुनावमा हरेक मतदाताले असल ब्यक्ति छान्नुपर्छ नरेश बिक एमाले नेता भएपनि असल ब्यक्ति हुन उहाँले जित्यो भने मात्रै पाटन नगरको बिकास सम्भव छ त्यसैले उहाँको टिमलाई जिताउन आवस्यक छ बिष्ट भन्नुहुन्छ” । 

कांग्रेस पुर्व सभापति बिष्ट पाटन नगरपालिकाको मेयर र उप मेयरमा मात्रै एमालेलाई सहयोग गर्ने बताउनुभएको छ । केहि ब्यक्तिहरु कांग्रेसले पनि राम्रो छबि भएका क्षमतावान उमेदवारलाई चुनावमा उठाएकोले उनिहरुलाई जिताउनुपर्छ उनिहरुको पनि म प्रचार गर्दैछु् उनिहरुलाई भोट पनि हाल्छु् तर अहिले एमालेमा प्रबेश भने नगर्ने बिष्टले बताउनुभयो । 

नेता नरेन्द्र बिष्ट बिगतमा २ पटक नेपालि काग्रेशको बैतडी जिल्ला सभापति बन्नुभएको हो भने बिगत ३५ बर्ष देखि राजनितिमा सक्रिय हुनुहुन्थ्यो उहाँ अर्थसास्त्रमा स्नात्कोतर गरेका ब्यक्ति हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!