दुई सय बढी युवा माओवादी केन्द्रमा प्रबेश

Posted on: 20 Jun, 2017

असार ६, दाङ । तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाबाट दुई सय बढी युवाहरु बिभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेका छन् । 

नब प्रबेशीहरुलाई माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष राम बहादुर दहीत ‘अञ्जान’ले एक कार्यक्रमका बीच स्वागत गरेका छन् । युवाहरु माओवादी केन्द्रको ऐजेण्डा र राष्ट्रको हित गर्ने पार्टी भएकाले अन्य पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रबेश गरेको प्रतिक्रिया दिएका छन् ।

वडा अध्यक्ष मदन प्रकाश हमालको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्र तुलसीपुरका अध्यक्ष अञ्जानले माओवादीले देशको हितका लागि गरेका काम र भावी योजनाहरु गहिरो रुपमा बुझेकाहरु माओवादी केन्द्रप्रति आर्कषित भएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!