बैतडीमा नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता पक्राउ

Posted on: 20 Jun, 2017

नरी बडु/असार ६, बैतडी । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का एक कार्यकता जिल्लाको सुर्नयाँ गाँउपालिका– २ सतबाँझबाट पक्राउ परेका छन् ।

निर्वाचनको सुरक्षाका लागि खटिएको प्रहरी टोलिले उनलाई स्थानीय व्यापारी संग चन्दा लिदै गरेको अवस्थामा पक्राउ गरेको हो ।

आफुलाई नेपाल कम्न्यूष्ट पार्टीको कार्यकर्ता बताउने भिमदत्त नगरपालिका–१३ बडैपुर कञ्चनपुरका ३२ वर्षीय रमेस परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक सुरेन्द्र बमले बताउनुभयो ।

उनले स्थानीय व्यापारी इन्द्र ऐरी संग चन्दा असुली गरिरहेको प्रहरीले जनाएको छ । नेपाल कम्न्यूष्ट पार्टीले असार १४ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा भाग लिएको छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!