बैतडीमा उल्लासमय मनोनयन

Posted on: 18 Jun, 2017

नरी बडु | असार ४, बैतडी | जिल्लामा मनोनयन दर्ता उत्साहपूर्ण सकिएको छ । दलहरुले बाजागाजा र नारा जुलुस सहित उमेद्वारी दर्ता गरेका छन् ।


आईतबार बिहान ८ बजेदेखि मनोनयन दर्ताको समय तोकेपनि दलहरु ढिलो गरी बजार परिक्रमा गर्दै निर्वाचन कार्यालय गएका थिए । दलहरुले ढिलो आएको र नामावली भिडाउन समय लागेकाले अबेरसम्म मनोनयन दर्ता सकिएको छैन ।

कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपाले मनोनय दर्ता तराएको छन् । नयाशक्ति, नेकपा माले लगायतका साना दलले केही ठाउमा उमेद्वारी दिएका छन् । 

दशरथचन्द नगरपालिकामा कांग्रेसका नरेन्द्रसिंह थापा, एमालेका देवीदत्त भट्ट, माओवादी केन्द्रका खिमानन्द भट्ट, राप्रपाका पुष्करराज जोशी लगायतका छन् । उपप्रमुखमा कांग्रेसकी मीना चन्द, एमालेबाट सरस्वती नेपाली, माओवादी केन्द्रबाट कमला कार्कीले मनोनयन दर्ता गराएका छन् । पाटन नगरपालिकामा कांग्रेसका केशवबहादुर चन्द, एमालेका नरेश विक, माओवादी केन्द्रका शंकर भण्डारी, स्वतन्त्रमा भरतराज पन्तले उमेद्वारी दर्ता गराएका छन् । उपप्रमुखमा कांग्रेसकी सरस्वती कोली, एमालेबाट दुरा भट्टराई, माआवादी केन्द्रकी गीता बिष्ट छन् ।

जिल्लाको सबैभन्दा बढी जनसंख्या रहेको पुरचौडी नगरपालिकामा कांग्रेसका दिपकबहादुर बम, एमालेका कर्णबहादुर कुवर, माओवादी केन्द्रका रणबहादुर कुवरले प्रमुखमा मनोनयन दर्ता गरेका छन् । उपप्रमुखमा कांग्रेसबाट उत्तरा नेपाल, एमालेकी जानकी कुवर, माओवादी केन्द्रकी जानकी बम छन् ।

शिवनाथ गाउपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका कर्णसिंह साउद र झापु महता एमालेका भरतसिंह मडै र कुस्मा चन्द, माओवादी केन्द्रका धनबीरसिंह धनाडी र गंगादेवी दमाई छन् ।

दोगाडाकेदार गाउपालिमा कांग्रेसका घनश्याम भट्ट र बिस्ना जोशी, एमालेका चक्रबहादुर कार्की र पार्वती कार्की, माओवादी केन्द्रका तारासिंह कुवर र लक्ष्मी ओड छन् ।

पूर्वा प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गाउ सुर्नया गाउपालिकामा कांग्रेसका बीरबहादुर बिष्ट, एमालेका नरेन्द्र बिष्ट, माओवादी केन्द्रका नरी भाट, राप्रपाका देवबहादुर चन्द छन् । उपाध्यक्षमा कांग्रेसकी भागरथी बोहरा, एमालेकी लिला बिष्ट, माओवादी केन्द्रकी गोमती अवस्थी र राप्रपाकी उत्तरा अवस्थी छन् ।

पञ्चेश्वर गाउपालिकामा कांग्रेसका अध्यक्ष दिनेशबहादुर चन्द, एमालेका गोरखबहादुर चन्द, माओवादी केन्द्रका रमेशबहादुर चन्द छन् । उपाध्यक्षमा कांग्रेसकी बिन्दु चन्द, एमालेकी बिना भट्ट, माओवादी केन्द्रकी मन्जु चन्द छन् ।

सिगास गाउपालिका अध्यक्षमा कांग्रेसका हरिसिंह धामी, एमाले जसबीर बोहरा, माओवादी केन्द्रका विकास ऐर, कृष्णसिंह साउद र देवसिंह धामीले स्वतन्त्र उमेद्वारी दिएका छन् । उपाध्यक्षमा कांग्रेसकी द्रोपती चन्द, एमालेकी भृकुटी चन्द, माओवादी केन्द्रकी उर्मिला पोखरेल छन् ।

डिलाशैनी गाँउपालिका को प्रमुखमा नेपालीब कांग्रेसबाट कर्ण राना, नेकपा एमालेबाट उकेन्द्र बोहरा, माओबादी केन्द्रबाट लोकेन्द्र रानाले उमेदवारी दर्ता गराएका छन् भने उपप्रमुखमा कांग्रेसबाट जानकी कार्कि, एमालेबाट पावर्ती राना र माओबादी केन्द्रबाट सुसिला बोहराले उमेदवारी दिएका छन् ।

यस्तै डिलाशैनी गाँउपालिकाको स्वतन्त्र उमेदवारी धनवहादुर विष्टले उमेदवारी दिएका छन्  उनि नेपाली कांगे्रसका बागि उमेदवार हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!