बैतडीका ३१ मतदान स्थल किन छन् संवेदनशील ?

Posted on: 17 Jun, 2017

असार ३, बैतडी । बैतडीका ३१ वटा मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

जिल्लामा रहेका १ सय ८७ मतदान स्थलमध्ये ३१ स्थल संवेदनशील रहेका हुन् । चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुद बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गिकरण गरी त्यही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी तुल्सिराम पौडेलले जानकारी दिनुभयो ।  

प्रमुख जिल्ला अधिकारी पौडेलले अतीबिकट, खुल्ला सीमाका कारण हुन सक्ने अपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गिकरण गरिएको बताउनुभयो ।

सुरक्षा संवेदनशीलताको हिसाबमा जिल्लामा अतिसंवेदनशील मतदान केन्द्र रहेका छैनन् । 

बैतडीमा १२० मतदान केन्द्र एवम् १७४ मतदान स्थल तय गरिएको छ । ४ नगरपालिका र ६ गाउँपालिका रहेको बैतडीमा १ लाख २४ हजार ८२४ जना मतदाता रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!