एमाले–कांग्रेसद्वारा पाटन नगरको घोषणापत्र सार्वजनिक

Posted on: 14 Jun, 2017

मोहन चन्द | जेठ ३१, बैतडी । नेकपा एमाले र नेपाली कांग्रेसबाट जिल्लाको पाटन नगरपालिकाका प्र्रमुख का उमेदवारहरुले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । पत्रकार संम्मेलन गर्दै दुवै पार्टीले नगरको विकारका थुप्रै परिकल्पना सहितको घोषणापत्र सार्वजनिक गरेका छन् ।

पाटन नगरपालीको विकास र समृद्धीको कुरा घोषणा पत्रमा उल्लेख गरेको र यस लाई कार्यान्वय गरी लागु गर्न प्रतिवद्ध रहेको एमालेका मेअरका उमेदवार विकले वताए ।

देसको नमुना सहर मध्येको एउटा पाटन वजार भएकाले सहर लाई चाहीने सवै पुर्वाधार पुरा गर्न काग्रेसका मेअरका उमेदवार चन्दले प्रतिवद्धता जाहेर गरे

पार्टीको घोषणापत्रमा कृषि, पर्यटन, खानेपानी र उद्योगलाई प्रथमिकतामा राखिएको छ । नेकपा एमालेले नगरको धार्मीक क्षेत्रको संरक्षणमा भुमिका खेल्ने धामि तथा पुजारीहरुलाई भत्ताको व्यवस्था गर्ने बुधा घोषणापत्रमा उल्लेख गरेको छ । यो एमाले पाटन नगरपालिकाले गरेको नयाँ डिजायन हो । जिल्लाको पाटन बजारलाई व्यवस्थित गरि पाटन बजारको आसपास क्षेत्रमा राष्ट्रिय स्तरको खेल मैदार र पातालभुमेश्वरको पर्यटन विकासका लागि केवुलकारको अवधारणा ल्याएको छ । कांग्रेसले जिल्लाको विभिन्न ठाँउमा रहेका किसानहरुलाई तरकारी खेतितर्फ अग्रसर गराउने तथा निजि श्रोतका शिक्षहरुको तलव व्यवस्थापन गर्ने अवधारण ल्याएको छ । पाटन नगरपालिकामा एमालेबाट नरेस राम विक र काग्रेसबाट केसब बहादुर चन्द मेअरका दावेदार हुन ।  

नरेस पछाडी पारिएको वर्गका र थुप्रै पिडा भोगि महसुस गरेका एक मेहेनति समाजसेवी युवा नेता हुन भने केसब पुर्व महिला तथा वालवलीका सहायक मन्त्रि र समाजसेवी भनेर प्रचलित नेता हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!