दाङका यी व्यापारी मजदुरमाथि दिनदहाडै चक्कु प्रहार कसले गर्यो ?

Posted on: 07 Jun, 2017


सन्तोषकुमार गुप्ता/जेठ २४, दाङ । स्थानीयतहको निर्वाचनको मिति नजिकिदै गर्दा दाङ देउखुरीको राप्ती गाउँपालिकामा सबै दलका प्रचारप्रसार बढे संगै नेकपा माओवादी केन्द्रको ज्याजति बढेको छ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष धर्मराज अधिकारीको नेतृत्वमा आएका माओवादीका एक युवकले मंगलबार साँझ करिब साढे ६ बजेको समयमा भालुवाङका एक व्यापारी मजुदर माथि चक्कु प्रहार गरेका छन् ।

राप्ती उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्माको न्यू राप्ती हार्डवेयर्समा कार्यरत शर्माका आफ्नै कान्छा बुवाका छोरा राप्ती गाउँपालिका—१ भालुवाङका बर्ष ३२ का जिबलाल न्यौपाने माथि चक्कु प्रहार भएको हो ।

नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, माओवादीकै गञ्जबहादुर बिष्ट र जीतबहादुर घर्ती संग शर्माका कान्छा भाई संग कुराकानी भईरहेको बेला माओवादी केन्द्रका कार्यकर्ता तथा वाईसियलका राप्ती गाउँपालिका इन्चार्ज दिपक पुन पसल भित्र एक्कासी पसी जिबलाललाई चक्कु प्रहार गरेको पिडितका दाजु रामप्रसाद शर्माले जानकारी दिए ।

चक्कु प्रहारबाट न्यौपाने गम्भीर घाईतेका भएका छन् । उनको मुखमा गम्भीर चोट लागेको छ । घाईते न्यौपानेलाई मंगलबार राती नै भालुवाङमा प्राथामिक उपचार पछि थप उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा पनि उपचार हुन नसकेपछि घाईते न्यौपानेलाई भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको परिवारले जनाएको छ । न्यौपानेको मुखमा २० बढी ठाउँमा टाका लगाईएको छ ।

पिडितपक्षले चक्कु नै प्रहार गरी घाईते बनाएको दाबी गरेको छ भने प्रहरीले कसरी मुखमा चोट लाग्यो भन्ने बिषयमा केही बताएको छैन । चक्कु प्रहार वा कुनै धारिलो हतिहार प्रयोग गरिएको हो, होईन भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रबिन्द्रबहादुर खड्काले जानकारी दिए ।

चोट कसरी लाग्यो भन्ने बिषय मेडिकल रिपोर्ट तथा अनुसन्धानबाट मात्र थाह हुने बताए । यता माओवादी केन्द्रले भने चक्कु प्रहार नगरिएको दाबी गरेको छ । मुक्काले हान्दा त्यस्तो भएको हो, चक्कु प्रहार गरिएको छैन, हामीलाई फसाउन झुठो आरोप लगाएको माओवादी केन्द्रले जनाएको छ ।

घटना कसरी भयो ?

(घटनाका पिडित तथा प्रत्यक्षदर्शी रामप्रसाद शर्मा र गञ्जबहादुर बिष्टको भनाई)

करिब साढे ६ बजेको समय थियो । म पसलमा सामान बिक्री गरिरहेको थिए । त्यसैक्रममा नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी सहित माओवादीका गञ्जबहादुर बिष्ट र जीतबहादुर घर्ती लगायतको टोली मेरो पसलमा आउनु भयो ।

पसलमा मेरो दाई होमप्रसाद शर्मालाई किन कुटेको भन्ने बिषयमा कुराकानी भईरहेको थियो । कुरा सुन्न मेरो भाई जीबलाल पनि त्यही आयो, त्यतिकै खै कुन ठाउँबाट एक्कासी बाईकमा दिपक पुन आए । मैले दिपकलाई देखेन उनले मलाई नै चक्कु प्रहार गर्न खोजेका थिए तर भाई जीवलाल मेरो अगाडी प¥यो अनि उसलाई पुनले चक्कु प्रहार गरी घाईते बनायो, न्यौपानेका दाजु रामप्रसादले भने । एक पटक चक्कु प्रहार गरी सके पछि पनि पटक—पटक मेरो भाई माथि आक्रमणको कोशिस गरेको थियो तर माओवादीका साथीहरुले पुनलाई नियन्त्रणमा लिएपछि थप घटना हुन पाएन रामप्रसादले भने । मैले स्वमय् पुनले चक्कु प्रहार गरेको देखे हुँ उनले भने ।

तर गञ्जबहादुर बिष्टले भने कुराकानी भईरहेकै बेला जिबलालले धर्मराज अधिकारी माथि आक्रमण गरेको आरोप लगाएका छन् । जिबलालले धर्मराजको कोट समाटेर भुईमा लडाए त्यतिकै दिपक पुन आए अनि त्यस्तो घटना घट्यो उनले भने ।

प्रहरीको लाचारीपन, स्थानीयबासी आक्रोशित, प्रहरी चौकी भित्रै नाराबाजी, प्रहरी र स्थानीयबासी बीच हात हालाहाल सम्म

                  (पिडितका दाजु रामप्रसाद शर्मा, होमप्रसाद शर्मा र स्थानीयबासी गिरबहादुर जिएम)

 घटना स्थल नजिकै करिब एक सय मिटर भित्रै ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी जवानहरु गस्तीमा थिए । घटना घटे लगत्तै प्रहरी घटनास्थलमा पुग्यो । लगत्तै भालुवाङका प्रहरी प्रमुख रबिन्द्रबहादुर खड्का पनि सुरक्षाफोर्स सहित पुगे । घटनाका बिषयमा सोधपुछ पनि भयो । त्यतिकैमा चक्कु प्रहार गर्ने वाईसियलका राप्ती गाउँपालिका इन्चार्ज राप्ती गाउँपालिका—१ पुल्चोकका दिपक पुन प्रहरी कै अगाडीबाटै भाग्न सफल भए । 

प्रहरी मुखदर्शक भएर हेरी रह्यो । प्रहरीले घाईतेका परिवार तथा प्रत्यक्षदर्शी संग घटनाका बिषयमा सोधपुक्ष र घाईतेलाई भालुवाङमा प्राथामिक उपचारपछि थप उपचारका लागि बुटवल पठाउने काम बाहेक अरु केही नगरी बसी रह्यो पिडितका दाजु तथा घटनाका प्रत्यक्षदर्शी रामप्रसाद शर्माले भने । हामीले चक्कु प्रहार गर्ने दिपक पुनलाई तत्काल पकाउ गर्न माग ग¥यो तर प्रहरीले हाम्रा कुरा सुनेन । घटनाका पिडिक पुन खुलेआम बजारमा कयौं पटक घुमी नै रह्यो तर प्रहरी प्रमुखले निवेदन दर्ता नहुँदा सम्म पकाउ गर्न नसक्ने बताए ।


घटनाका प्रमुख योजनाकार तथा घटना घटाउन निर्देशन दिने नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी संगै प्रहरी प्रमुख खड्का मिठा—मिठा गफ गर्दै बसी रहे । एकछिन पछि धर्मराज अधिकारी, गञ्जबहादुर बिष्टलाई प्रहरी भ्यानमा सुरक्षित तरिकाले राखेर प्रहरी चौकी तर्फ लग्यो । हामी अच्चम प¥यों अपराधिलाई पक्राउ गर्नुका साटो अरुलाई सुरक्षित तरिकाले लग्दा । 

त्यसपछि हामी स्थानीय बजारबासी तथा स्थानीयबासी गाडी र मोटरसाईकलमा प्रहरी चौकी पुग्यौं र निवेदन दर्ता पनि गरायौं । प्रहरी प्रमुख खड्काले पुनलाई दुई घण्टा भित्र पक्राउ गरी आवश्यक कार्वाही प्रक्रिया अगाडी बढाउने बचन समेत दिए ।

स्थानीयबासी तथा व्यापारीहरु पुनलाई पक्राउ नगर्दा सम्म घर नफर्किने भन्दै प्रहरी चौकी भित्र बसे । दुई घण्टा बित्यो प्रहरीले पुनलाई पक्राउ गर्न सकेन । अनि पिडित होमप्रसाद शर्मा र रामप्रसाद शर्मालाई बोलाई बुधबार बिहान १० बजे सम्म जसरी भए पनि पक्राउ गर्ने आवश्वास दिए तर पिडितपक्षले तत्काल पक्राउ गर्नु पर्ने माग गरे ।

पिडित दुईभाई र स्थानीयले पक्राउ गर्न नसके प्रहरी प्रमुख खड्कालाई आफू असक्षम भएको स्वीकार गर्न र बर्दी फुकाल्न चेतावनी दिए । तर प्रहरीले पक्राउ गछौं भन्दै आलताल गरिरहे । पुलिसको त्यो रबैया देखेपछि पिडित र स्थानीय बजारबासी तथा स्थानीयबासीले प्रहरी बिरुद्ध चर्काचर्का नाराबाजी शुरु गरे । असक्षम प्रहरी प्रमुख राजिनामा दे, जनतालाई सुरक्षा दिन नसक्ने प्रहरी प्रमुख बर्दी खोल, कायर प्रहरी प्रमुख मुर्दाबाद, अपराधीलाई तत्काल पक्राउ गरी कार्वाही गर, घुसखोरी प्रहरी प्रशासन मुर्दाबाद, शान्ति सुरक्षा कायम गर जस्ता नारा लगाए । 

नारा पछि केही स्थानीयबासी प्रहरी चौकीको गेट भित्र थिए त केही गेट बाहिर थिए । त्यतिकैमा प्रहरीले बाहिर रहेका स्थानीयलाई भित्र छिर्न नदिन गेटमा लठ्ी र बिन्दुक सहित व्यापक प्रहरी परिचालन गर्यो । पिडितका दाजु होमप्रसादले बाहिर रहेका स्थानीयलाई गेट भित्र छर्न र नारा लगाउन खोजे पछि प्रहरीले बाहिर रहेकालाई भित्र छिर्न नदिए पछि शर्मा र प्रहरी बीच हात हलाहाल नै भयो । प्रहरी प्रमुख खड्काले शर्मालाई लछारपछार गर्न खोजे पछि स्थानीयहरु पनि प्रहरी माथि खनिन खोजे पछि शर्मालाई प्रहरीले छोडेको थियो । त्यसपछि प्रहरीले गेट खुल्ला गर्न बाध्य भयो ।

त्यसपछि पनि प्रहरीले अपराधी पक्राउ गर्न प्रहरी परिचालन गर्नुको साटो शसस्त्र प्रहरी बल ज्वालामाई गणबाट स्थानीय पिडितपक्षको मागलाई दबाउन र जनता कुट्न दुई ट्रक थप प्रहरी फोर्स मगायो तर प्रहरी स्वयम् थप घटना हुन नदिन आधा घण्टा भित्र पुनलाई पक्राउ गरी थुन्ने बताए पछि । बाताबरण समान्य बन्यो । प्रहरी बाध्य भयो अनि करिब राती २ बजे मात्र प्रहरीले पुनलाई पक्राउ गरी थुनामा राखे पछि पिडितपक्ष घर फर्किएका थिए ।

बुधबार के भईरहेको छ त प्रहरी चौकी भित्र ?

ईलाका प्रहरी कार्यालय भालुवाङले चक्कु प्रहार गर्ने दिपक पुनलाई थुनामा राखेको छ । पिडितपक्षले घाईतेको स्वास्थ्य अवस्थामा सुधार भई घर नआउँदा सम्म थुनामा राख्न मागेको पिडित होमप्रसाद शर्माले भने । पुनलाई भालुवाङ प्रहरी चौकी नभई जिल्ला चलान गर्न र ज्यान मार्ने महल अन्र्तगत मुद्दा चलान गर्न माग गरेका छन् । 

यता नेकपा माओवादी केन्द्रले भने मंगलबार भएको घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई चौकीमै आवश्यक कार्वाहीका लागि पिडित पक्ष संग आग्रह गरे पनि पिडित पक्षले भने कुनै पनि हालतमा जिल्ला चलान गरी कानुनी कार्वाहीको माग गरेका छन् । जीबलाल नयाँ शक्ति पार्टी नेपालका अभियान्त हुन् । 

यस बिषयलाई लिएर नेकपा माओवादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बीच छलफल हुने सहमतिका लागि अधिकत्तम प्रयास गर्ने बताईएको छ । जिल्लामा छलफल पछि पुन प्रहरी चौकी भालुवाङमै बसी छलफल गरिने माओवादी केन्द्रका गञ्जबहादुर बिष्टले जानकारी दिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!