मुगुमा कांग्रेस-माओवादीको चुनावी तालमेल

Posted on: 28 Apr, 2017


बैशाख १५, मुगु । मुगुमा नेपाली काग्रेस र नेकपा माओवादी केन्द्रबिच चुनावी तालमेल भएको छ । 

आगमी बैशाख ३१ गते हुन गईरहेको स्थानीय निकायको चुनावलाई लक्षित गरी बलियो प्रतिस्पर्धिका रुपमा लिईएको नेकपा एमालेलाई पाखा लगाउनका लागी मुगुमा रहेका ३ गाउँपालिका र १ नगरपालिका मध्ये छायाँनाथ रारा नगरपालिका र मुगम कार्मारोङ गाउँपालिकामा दुई पार्टिले चुनावी तालमेल मिलाएका हुन् । 

नेपाली काग्रेसले आज जिल्ला सदरमुकाम गमगढीमा गरेको पत्रकार सम्मेलनमा दुई पार्टिका बिचमा तालमेल मिलाईरहेको जानकारी गराउदै उम्मेद्धारहरुको नामावली सार्वजनिक गरेको छ । जसअनुसार नगरपालिकाको मेयरमा (काग्रेसका) हरिजगं शाही, उपमेयरमा (माओवादी केन्द्रका) सुरबहादुर बुढाको नेतृत्वमा उम्मेद्धारी घोषणा गरिएको छ । 

यता, मुगम कार्मारोङ  गाउँपालिकाको अध्यक्षमा पनी (काग्रेसका) छिरिङ क्याम्ने लामा र (माओवादी केन्द्रका) ईटोल लामा सहितको टोली रहेको छ । यि दुवै पार्टिले आजै जिल्ला सदरमुकाम गमगढीमा सयुक्त आमसभाको आयोजना उम्मेद्धारी घोषणा गर्ने कार्यक्रम तय गरेका छन् । 

जिल्लाका छुटेका अन्य गाउँपालिकाहरुमा खत्याड गाउँपालिका र सोरु गाउँपालिकामा पनी चुनावी तालमेल मिलाउने तयारी गरिरहेका छन् । 

बाँकी गाउँपालीका र वडा पालीकाको चुनावी तालमेल मिलाउन खत्याड गाउँपालीकामा नेपाली काग्रेशको तर्फबाट खड्क बहादुर शाही र माओवादी केन्द्रका सुकविर बुढा र सोरु गाउँपालीकामा ऐन बहादु शाही र नवराज धामी र छायाँनाथ रारानगरपालीका को वडाहरुमा  खगेन्द्र मल्ल र केवल मल्लको टोलि परिचालीत भई स्थानीयको माग बमोजिम चुनावी तालमेल मिलाईने नेपाली काग्रश मुगुले प्रत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ  । -नन्द बहादुर रोकायाको सहयोगमा 

यस बिषयमा तपाइको प्रतिक्रिया...!