विभिन्न पार्टीका ५० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

Posted on: 13 Apr, 2017

चैत ३१, देउखुरी । नेकपा माओवादी केन्द्रका क्रियाशिल सदस्य तारा घिमिरे सहित नेकपा एमाले र थरुहट पार्टी परित्याग गरि ५० जना कार्यकर्ता बिहिबार एक कार्यक्रमका बिच नेपाली काग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काग्रेस सिसहनियाँ गाउँ इकाई समितिले आयोजना गरेको भेलामा उनीहरु न्ेपाली काग्रेसमा प्रवेश गरेका हुन् । नयाँ प्रवेशीहरुलाई प्रमुख अतिथि तथा सांसद सुशिला चौधरीले टिका लगाई प्रवेश गराएकी थिइन् । 

इकाई सभापती वेदप्रसाद चौधरीको अध्यक्षता एवम् सांसद सुशिला चौधरीको प्रमुख आतिथ्यतामा भएको भेलामा नेपाली काग्रेसका जिल्ला सदस्य भिमलाल चौधरी, क्षेत्रिय सदस्य विलोचन चौधरी र इकाई उपसभापती शिवध्वज मल्ल लगायतका वक्ताहरुले बोलेका थिए । 

कार्यक्रमको सञ्चालन इकाई सचिव तिर्थराज ज्ञवालीले गर्नु भएको पत्रकार ओमप्रकाश गुप्ताले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!