रोशनीको बयान: रवि लामिछानेको नाममा खाता खोलेको हुँ‚ बैंकमा २ करोड जम्मा गरेँ

Posted on: 20 Sep, 2024

असोज ४, काठमाडौं । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले व्यवस्थापक सागर केसीले भ‍नेपछि आफूले रवि लामिछनेको नाममा २ करोड रुपैयाँ जम्मा गरेको वयान दिएकी छन् ।

सहकारी ठगीका विषयमा छानबिनका लागि गठन भएको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाकी कर्मचारी रोशनी गुरुङले आफूले रवि लामिछानेको नाममा सहकारीमा खाता खोलिदिएको बताएकी छन् ।

‘रवि लामिछानेको नाममा खाता खोल्न लगाउनु भयो, मैले खाता खोलेको थिएँ । उक्त खतावाला को ह‍ुन् मलाइ थाहा भएन । यस विषयमा समाचारमा रोसनीले नै पूर्वउपप्रधान तथा गृहमन्त्री एवं प्रतिनिधि सभाका माननीय सदस्य रवि लामिछानेको खाता खोलेको भन्ने समाचार आएर मलाई साथीहरुले लिंक पठाउन थालेपछि यस्तो पो रहेछ कि भन्ने मलाई लाग्यो । संस्थामा हामीले व्यवस्थापक सागर केसीले भने अनुसार सबै काम गर्ने गर्थ्यौं’ बयानमा भनिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!