लुम्बिनीमा सरकार विस्तार, को को बने मन्त्री ?

Posted on: 18 Apr, 2024

बैशाख ६, काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् ।

गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका महराले सत्ता समीकरणमा भागबण्डा मिलेपछि ११ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् ।

जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ भने दिनेश पन्थी, खड्ग बस्नेत, धर्मबहादुर चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिएको छ ।

मन्त्री पदमा नियुक्तहरुको आज साँझ शपथ गरेपछि मन्त्रालय विभाजन हुने बताइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!