ओलीको टिप्पणी- एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो

Posted on: 15 Apr, 2024

बैशाख ३, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको घटनाक्रमलाई उदृत गर्दै एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट गरेको आरोप लगाएका हुन् ।


अध्यक्ष ओलीले सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गरेको समेत आरोप लागाएका छन् । ओलीले एकीकृत समाजवादीले आन्तरिक रुपमा बार्गिनिङ गरिरहेको बताउदै आइतबार बाहिर नै प्रकट गरेको टिप्पणी गरे । 

ओली आफ्नो सम्बोधनमा एकीकृत समाजवादीप्रति आक्रामक रुपमा प्रसतुत भएका थिए । उनले एकीकृत समाजवादीले कम्यनिष्ट साइन बोर्ड राखेर काम चाँहि समाजवादको पक्षधरलाई कमजोर पार्न लागेको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!