आज शपथ ग्रहणमा सुमना उपस्थित नहुने

Posted on: 06 Mar, 2024

फागुन २३, काठमाडौँ | पारिवारिक शोकमा रहेका बेला रास्वपा नेतृ सुमना श्रेष्ठ मन्त्री नियुक्त भएकी छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी प्राप्त भएको छ ।

तीन दिनअघि हजुरआमाको देहान्त भएकाले सुमना घरमै शोक मनाइरहेकी थिइन् । अहिले मन्त्री बनिहाल्ने उनको चेष्टा थिएन । तर, पार्टीले जिम्मेवारी दिएपछि उनले स्वीकार गरेकी छन् । हजुरआमाको काममा रहेकाले उनी पुरोहितबाट विधिपूर्वक चोखिएर आज शपथ ग्रहणमा सहभागी हुने रास्वपा स्रोतले बतायो ।

रास्वपाको अध्ययनशील र ऊर्जाशील नेतृ सुमना संसदभित्र निकै प्रभावशाली भूमिका निभाइरहेकी छन् । उनी पहिलोपटक मन्त्री बन्दा समर्थकहरूमा खुशी छाएको छ । उनीबाट धेरै आशा राखिएको छ । शिक्षा, विज्ञान प्रविधि उनको चासोको मन्त्रालय पनि हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!