टुँडिखेल नपाएपछि प्रसाईंले भोलि भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

Posted on: 12 Feb, 2024

माघ २९, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न अनुमति दिएको जिल्ला प्रशासन कार्यालय काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।

‘टुँडिखेल नेपाली सेनाको होल्डमा रहेछ । त्यहाँ सेनाले चिनियाँ टोलीलाई कार्यक्रम गर्न दिएको र खाली नभएकाले प्रसाईंलाई भृकुटीमण्डपमा कार्यक्रम गर्न अनुमति दिइएको छ’,प्रमुख जिल्ला अधिकारी बस्नेतको भनाई छ ।

प्रसाईँले फागुन १ गते भ्रष्ट बिचौलिया र तस्करहरूको नाङ्गेझार गर्ने जनाएका छन् । साथै उनले कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत सहभागी गराउने दाबी गर्दै आएका छन् । प्रसाईंले व्यवस्था परिवर्तन गर्ने भन्दै यसअघि पहिलोपटक गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेका थिए ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!