'जनयुद्ध दिवस' भन्दै गोरखाको अजिरकोट गाउँपालिकाले दियो फागुन १ मा सार्वजनिक बिदा

Posted on: 11 Feb, 2024

माघ २८, काठमाडौँ | गोरखाको अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘आइतबारको कार्यपालिका बैठकले अजिरकोट गाउँपालिका कार्यालय, मातहतका कार्यालय, सम्पूर्ण विद्यालय र पालिका भित्र सञ्चालित सम्पूर्ण बैंक तथा वित्तीय संस्था बिदा दिने भनि निर्णय गरेकोले सोही बमोजिम अजिरकोट गाउँपालिका भित्र फागुन १ गते सार्वजनिक बिदा दिइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ।’

सर्वोच्च अदालतले फागुन १ मा 'जनयुद्ध दिवस'का अवसरमा भनेर दिएको बिदालाई असंवैधानिक ठहर गरेको थियो। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले पुस १३ मा गरेको फैसलाको पूर्णपाठमा उक्त बिदा किन असंवैधानिक हो भन्ने उल्लेख छ। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!