गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैनः मिनेन्द्र रिजाल

Posted on: 06 Feb, 2024

माघ २३, काठमाडौँ | नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने उल्लेख गरे। उनले अहिलेको गठबन्धन ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे। गठबन्धनका शिर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको उनको आरोप थियो।

रिजालले भने, ‘मलाई गठबन्धनको बारेमा झगडा त गर्नु छैन । जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर हामी चुनाव जितेका पार्टी हौँ नि त। त्यो भन्दा खराब के होला। ओनसरी घर्ती भनेको मिनेन्द्र रिजाल हो, मिनेन्द्र रिजाल भनेको घनश्याम भुषाल हो भनेर चुनाव लडेर बनाएको गठबन्धन हो।’

नेता रिजालले निर्वाचन प्रणाली बदल्नै पर्ने आवश्यकता रहेको बताएका थिए।

यस बिषयमा तपाइको प्रतिक्रिया...!