दुई सय ८५ किलो गाँजा सहित तीन जना पक्राउ

Posted on: 05 Feb, 2024

माघ २२,  काभ्रेपलाञ्चोक | काभ्रेपलाञ्चोकको पनौतीबाट सोमबार प्रहरीले ७३ बोरा गाँजा सहित तीन जनालाई पक्राउ गरेको छ। पनौती नगरपालिका–५ आईटी पार्कस्थित पनौती–बनेपा सडकखण्डमा आज बिहान सवारी जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा दुई पुरुष र एक महिला छन्।

चौकीबाट खटिएको प्रहरी टोलीले सवारी जाँच गर्दा पनौतीबाट बनेपातर्फ आउँदै गरेको बा६च २९६ नम्बरको डीआई गाडीमा उक्त अप्रशोधित (हालै काटेको जस्तो देखिने हरियो) गाँजा ल्याइएको आवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ।

प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको दक्षिणी (डाँडापारि) क्षेत्रबाट उक्त परिमाणको गाँजा ल्याइएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। प्रकाउ पर्नेमा गाडी चालक नुवाकोट विदुर नगरपालिका–११ घर भई हाल काठमाडौं बालाजु डेरा गरी बस्ने ३५ वर्षीय बुद्धमान तामाङ, रामेछाप–८ घर भई हाल काठमाडौँ बालाजु बस्ने २० वर्षीय सञ्जीव तामाङ र ५३ वर्षीया बिमला तामाङ रहेका छन्। उनीलाई इलाका प्रहरी कार्यालय बनेपाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!