राष्ट्रपति पौडेल बागलुङमा

Posted on: 27 Dec, 2023

पुस ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेल बागलुङ पुगेका छन् । आज बिहान १० बजे  राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकप्टरमार्फत बागलुङ पुगेका हुन् ।

बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित नेपाली सेनाको गणमा पौडेल अवतरण भएपछि प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले स्वागत गरेका थिए ।

राष्ट्रपति पौडेल सातौँ बागलुङ महोत्सवको उद्घाटनका लागि बागलुङ गएका हुन् । यस अवसरमा बागलुङ कालिका मन्दिरको दर्शन गर्नुका साथै पूजाअर्चना गर्ने कार्यक्रम छ ।

मन्दिरको दर्शनलगत्तै बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयको अवलोकन गर्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिए ।

कोरोना सङ्क्रमणका कारण अघिल्लो पटक हुन नपाएको महोत्सव चार वर्षपछि फेरि हुन लागेको हो । यस अघि विसं २०७६ मा महोत्सव भएको थियो ।  महोत्सव आजदेखि सुरु भएर पुस २१ गतेसम्म चल्ने अध्यक्ष कँडेलको भनाइ छ । महोत्सवमा एक सय २० भन्दा बढी कक्ष रहने छन् । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने अनुमान छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!